ब्रम्हज्ञानी कहिल्यै मर्दैन– जगत सिंह (गीतकार– स.नि.मं. दिल्ली)

चौरपाटी, अछाम, २९ चैत्र । सन्त निरंकारी मण्डल दिल्लीका गीतकार जगत सिंहले ब्रम्हज्ञानी मान्छे कहिल्यै नमर्ने बताएका छन् । उहाँले उक्त कुरा अछामको चौरपाटीमा आयोजित एक वृहत सत्संग कार्यक्रममा बताउनुभएको हो ।
सत्गुरुको कृपाबाट आफ्नो जन्मभूमिमा आएर दोस्रो पटक सत्संग गर्न सौभाग्य प्राप्त भएको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘यस्तो ठुलो महामारीको समयमा पनि हाम्रो मन–मस्तिष्कलाई सत्गुरुप्रति अडिग विश्वास लगाई राख्यौें । यसरी त्यही सच्चा ज्ञानी वा सन्त हो, सत्गुरुले पनि त्यसैलाई खोज्नुभएको छ । दुई वर्षसम्म यो कोरोना महामारीमा हामी एक अर्काबाट टाढा रह्यौं, भौतिक रुपमा सत्संग नपाउँदा कही–कतै गुरुप्रतिको विश्वास जसको मनमा अटल रह्यो, त्यसैको जीवन सफल हुन सक्छ’, उहाँ बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो– ‘गुरुको काममा हामी एक कदम अगाडि बढाउँछौ भने गुरुले हाम्रो लागि १०० कदम बढाउँछन् । पूरा सम्पर्ण शुद्ध भावले गुरुको काम गर्ने सन्तको काम कहिल्यै गुरुले रोक्दैन । तन, मन, धन परमात्माको हो मुखले भनेर मात्र हुँदैन, भावनाबाटै परमात्मालाई समर्पण गर्नु पर्दछ । पहिलेको समयमा भक्तहरुको ठुलो परीक्षा हुन्थ्यो, तर आज सत्गुरुले हाम्रो त्यति ठुलो परीक्षा पनि लिनु भएको छैन । कुनै गुण, अवगुण, कुनै जाति, धर्म नहेरेर हामीलाई यस्तो ब्रम्हज्ञान प्रदान गर्नुभयो । हामीले यसलाई बुझ्नु जरुरी छ,’ उहाँले प्रष्ट पार्नुभयो ।
‘सिकन्दर जस्तो व्यक्ति पनि यो संसारबाट खाली हात गयो । कसैले आफ्नो साथमा केहि लिएर जाँदैन । तर ब्रम्हज्ञानी खाली हात जाँदैन नामरुपी धन उसको साथमा जान्छ । ब्रम्हज्ञानी कहिल्यै मर्दैन । दुनियाँको धन–सम्पत्ति काम आउँदैन तर सत्गुरुको यति ठुलो कृपा भयोकि हामीलाई यो अमूल्य ब्रम्हज्ञान प्रदान गर्नुभयो,’ उहाँ बताउनुभयो ।

नेपालका सेवादलका क्षेत्रिय संचालक नरबहादुर बटालाले भन्नुभयो– ‘गुरुले जहिले पनि मानवलाई बाटो देखाउँदै आएको छ । मानवको कर्तव्य हुन्छ त्यस बाटोलाई अपनाउने कि नअपनाउने । धेरै मान्छे भट्किएका होलान्, तड्पिएका होलान् । यसरी जसले जति पायो, जति गुमायो उसको भाग्यको कुरा हो ।’ एउटा उदाहरण दिदै उहाँले भन्नुभयो– ‘कुनै महात्माले सत्गुरु बाबा जीसंग प्रश्न गर्नुभयोकि यो संसार त धेरै ठुलो छ, यसको आयु त धेरै लामा छ, मान्छेको आयु त छोटो हुन्छ । बाबा जीले सम्झाउँदै एक उदाहरणबाट उक्त कुरालाई प्रष्ट पार्नुभयो कि एक दिन समुन्द्रमा ठुलो पानी आयो, समुन्द्र भरिएर पानी बाहिर आउँदा समुन्द्रका माछाहरु बाहिर आए । मान्छेहरु समुन्द्र हेर्न गए, त्यसमा एक बालिका पनि थिई । उसको बुवाले छोरी हराई भनेर उसलाई खोज्दै जाँदा त्यो बालिकाले जमिनमा आएका माछाहरुलाई टिप्दै समुन्द्रमा फाल्दै गरिरहेको देखेर उसको बुवाले भने तिमी यति लाखौ–कराडौ माछाहरुलाई कसरी समुन्द्रमा फाल्न सक्छौ भन्दा उसकी छोरीले भनिकि सूर्य उदायदेखि सूर्य अस्ताउँदासम्म जति माछाहरुलाई फाल्न सक्छु फाल्छु ।’ यसरी हामी जहिले सत्गुरुको हातमा परयौं, सत्गुरुले निराकारसंग नाता जोडि दियो यति गर्दापनि सत्गुरु प्रति विश्वास मान्ने कि नमान्ने त्यो हामीमाथि निर्भर हुने गर्दछ ।’
उहाँले समाज परिवर्तन हुन समय लाग्ने बताउँदै सत्गुरु अगाडि भएर पनि यसलाई चिन्न सकिरहेका छैन, यसको बचनमा हिड्न सकिरहेका छैनौ । आज सत्गुरुले सबै मानवलाई यो सत्यको बाटोलाई देखाउँदै आएको छ, उहाँ बताउनुभयो ।
सत्संग कार्यक्रममा स.नि.मं. अछामका संयोजक जयबहादुर साउँद, स्थानीय मुखी कल्लन सिंह थापा, यू.नं. ८३७ महेन्द्रनगरका संचालक विसन बि.क लगायतका सन्तहरुले आफ्नो भाव राख्नुभएको थियो भने कार्यक्रमको संचालन भिमबहादुर शाहले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.