राजनीति

ढकारीमा एमालेले अध्यक्षमा शाही र उपाध्यक्षमा बुढालाई उम्मेदवार बनाउने

बिज्ञापन

अछाम । नेकपा (एमाले) ले अछामको ढकारी गाउँ पालिकामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।

बिज्ञापन

नेकपा (एमाले) गाउँपालिका कमिटीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सर्वसम्मत चयन गरेको हो ।

संगठन कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवी बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको जनाएको छ ।
पालिका अध्यक्ष अमरसिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मतअनुमोदन गरेको थियो ।

भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेदवार पनि सर्वसम्मत चयन भएका छन् ।

पालिकाको वडा नम्बर ३ बाट धनबहादुर बुढा, वडा नम्बर ४ बाट नैनसिंह बुढा र वडा नम्बर ८ बाट दिपेन्द्र खड्कालाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको जानकारी दिएको छ ।

बिज्ञापन