नयाँ दिल्लीमा कोरोना संक्रमण फेरि ‘चिन्ताजनक’

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ ।
संक्रमण दर फेरि बढ्न थालेको भारतीय सञ्चामाध्यमले जनाएका छन् ।
परीक्षण गरिएकामध्ये झण्डै ५ प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । ५ प्रतिशतमा संक्रमण पुष्टि हुनुलाई विश्व स्वास्थ्य संगठनले चिन्ताजनक अवस्था बताउँछ ।

संक्रमण बढ्न थालेपछि चौथो लहरको आशंका गर्न थालिएको छ । तर भारत सरकारले अस्पतालमा भर्ना हुने दर थोरै भएकाले चिन्ता नलिन आह्वान गरेको छ । दिल्ली र एनसीआर क्षेत्रमा बालबालिका संक्रमित भइरहेका रिपोर्टमा उल्लेख छ । बालबालिकामा संक्रमण रोक्न दिल्ली सरकारले सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
