माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् ।
आज बिहान मदन पन्धाकको घरको जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको ज्यान गएको हो ।
ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् ।

यस्तै, माटो ढिस्कोले पुरिएर मदन सुब्बाकी ११ वर्षीया छोरी क्याट्रिना सुब्बा घाइते भएकी हुन् ।
बालिकाको फिदिममा रहेको समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
