राजनीति

सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन् ।

ललितपुरको गोदावरीमा हिजो युवा संघ नेपालले आयोजना गरेको ‘युवासँग म’ कार्यक्रममा उनले भने, “अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन ।” उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताए ।
अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे । उनले नेपाल विकसित नहुने कुनै कारण नरहेको, ब्रेन पावरमा नेपाल पुर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको बताए ।

बिज्ञापन

अब देशको तीव्र विकास सङ्ख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले शिक्षा प्रणालीमा केही समस्या रहेको र जीवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।