राजनीति

फेरि मेयर उठ्न रेनुले दिइन् राजीनामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।

फेरि मेयरमा चुनाव लड्नका लागि दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा बुझाएकी हुन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनपर्ने प्रावधान राखेपछि उनले राजीनामा दिएकी हुन् ।

बिज्ञापन

‘उहाँले दिउँसो २ बजे राजीनामा दिनुभएको हो’, उपमेयर ठकुरीले भनिन्, ‘मैले राजीनामा स्वीकृत गरिसकेँ। ’

पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले र उपमेयर नेपाली कांग्रेसले पाउने सहमति भइसकेको छ । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनुलाई नै मेयरको उम्मेदवार बनाउने भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।