राजनीति

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न सकेन

बिज्ञापन

काठमाडौ । स्थानीय चुनावको तयारी र महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्न नेपाली कांग्रेसको शीर्ष नेताहरू छलफलमा छन् ।

बिज्ञापन

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको तयारी, तालमेल र उम्मेदवारी चयनबारे बिहीबारदेखि नै शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । शुक्रबार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको अनौपचारिक बैठक अहिले पनि जारी छ । सानेपामा दिउँसो २ बजेबाट बोलाइएको कार्य सम्पादन समितिको बैठक भने स्थगित भएको छ ।

नेताहरू बालुवाटारमै छलफलमा हुनुहुन्छ, तर कार्यसम्पादन समितिको बैठक भने स्थगित भएको छ । स्रोतका अनुसार गठबन्धनका कारण भएको असन्तुष्टिको सम्बोधन र उम्मेदवारी चयनबारेको अनौपचारिक छलफल लम्बिएपछि त्यहीकारण कार्यसम्पादन समितिको बैठक सरेको हो ।

बालुवाटारमा जारी बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ लगायत छन् ।

अनौपचारिकरुपमा प्रस्ताव तयार गरेपछि मात्रै कार्यसम्पादन समितिको बैठक बस्ने तयारी छ ।

अब बस्ने कार्यसम्पादन समितिको बैठकबाट महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार चयन गर्नेछ ।

बिज्ञापन