घटना समाचार

गाउँपालिकाका अध्यक्ष शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ

बिज्ञापन

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक युवतीसँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेका छन ।

बिज्ञापन

तत्कालीन संघीय समाजवादी फोरमबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादवलाई गत बुधबार अबेर सुनसरीको धरान–४ स्थित डुकु होटलबाट

एक युवतीसंग आपत्तिजनक अवस्थामा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । सुनसरी सदरमुकाम इनरुवा बजारबाट उनले प्रयोग गर्ने सरकारी गाडीमा एक युवतीलाई लिई अध्यक्ष यादव हिँडेपछि स्थानीयले सुनसरी प्रहरीलाई दिएको खबर अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले यादव बसेको होटलमा छापा मारी निजसँग युवती फेला पारेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको ने’तृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई युवतीसँग निर्वस्त्र अवस्थामा फेला पारेको प्रहरी स्रोतको भनाइ छ ।

होटलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान कण्डम समेत बरामद भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार युवतीलाई आफ्नै कार्यालयमा जागिर दिने प्रलोभन देखाउँदै अध्यक्ष यादवले विगत केही वर्ष अघिदेखि नियमित यौन शोषण गर्दै आएका थिए ।

यसबारे थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताएका छन् । पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवसहित युवतीको बुधवार राती नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ ।

बिज्ञापन