राजनीति

६० प्रतिशत क्षेत्रमा गठबन्धन सफल भएको छ– माओवादी प्रवक्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि ६० प्रतिशत क्षेत्रमा गठबन्धन सफल भएको दाबी गरेका छन् ।
मिल्न नसकेको विषयमा साँझसम्म पनि चल्ने र मतदानको अघिल्लो दिनसम्म पनि सहमतिको प्रयास हुने उनले बताए ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता महराले उम्मेदवारी फिर्ताको दिनसम्म पनि सहमतिको प्रयास हुने बताएका हुन् ।

बिज्ञापन

‘६० प्रतिशत क्षेत्रमा उम्मेदवारी दिँदा गठबन्धन भएको छ । अहिले पनि मिल्ने क्रम जारी छ । उम्मेदवारी फिर्ता गर्ने दिनसम्म र मतदानको अघिल्लो दिनसम्म पनि गठबन्धनमा सहमतिको प्रयास हुन्छ,’ महराले भने । सहमति जुट्न बाँकी रहेको ४० प्रतिशत ठाउँमा पनि कुराकानी चलिरहेको महराले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।