राजनीति

अछाममा ४ सय ७५ पदमा १ हजार ५ सय २ जनाको उम्मेदवारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा सहभागिता जनाउनका लागी अछाम जिल्लामा पनि विभिन्न राजनितीदल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

अछाम जिल्लाका १० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २३ जनाको उम्मेदवारी दर्ता गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंश नायकद्वारा हस्ताक्षरित सूचना मार्फत सार्वजनिक गरिएको छ ।

बिज्ञापन

जसमा कमलबजार नगरपालिका १६५, चौरपाटी गाउँपालिका ११३, ढकारी गाउँपालिका १३७, तुर्माखाँद गाउँपालिका १६४, पञ्चदेवल विनायक नगरपालिका १८६, बान्नीगढी जयगढ गाउँपालिका १०६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा १ सय ९२, मेल्लेख गाउँपालिका १ सय ६१, रामारोशन गाउँपालिका १ सय ११ र साँफेबगर नगरपालिका १ सय ८२ गरी कुल जम्मा १ हजार ५ सय २३ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारुले बताउनु भयो ।

१० वटै पालिकामा प्रमुख अध्यक्षमा ४९ जना, उपप्रमुख उपाध्यक्षमा ४६, वडा अध्यक्षमा ३२१, खुल्ला सदस्यमा ३९८, महिला सदस्य २६२, दलित महिला सदस्यमा ४४७ जनाको उम्मेदवारी रहेको छ ।

उम्मेदवारको विरोधमा आज दाबी विरोधको उजुरी दिन सकिने छ । भोलि र पर्सि उजुरीमाथि जाँचबुझ गरिने र १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यपालिका छ ।१७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।