राजनीति

स्थानीय तह चुनाव : अन्तिम समयमा टिकट खोसिएकाहरुको रोईकराई

बिज्ञापन

काठमाडौ । आसन्न स्थानीय तहको चुनावका लागि देशभरका स्थानीय तहमा करिब डेढ लाख भन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् । तर केही यस्ता पात्र छन् जसको टिकट अन्तिम समयमा खोसिएको छ । उम्मेदवारी दर्ताका लागि हिडेका कतिपयको उम्मेदवारी बिचबाटोमै खोसिएको छ भने टिकट खोसिएका कतिपयले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बिज्ञापन

निर्वाचन आयोगले बैशाख १२ र १३ गते स्थानीय तहको चुनावका लागि उम्मेद्वारी मनोनयन दर्ताको मिति तोकेको थियो । सात सय ५३ वटै स्थानीय तहमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवार गरेर करिब डेढ लाख भन्दा धेरैले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन । कतिपय नेताहरूले पार्टीले आफ्नो टिकट खोसेको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका छन भने कतै कुटपिट र रुवाबासी समेत भएको छ ।

गोरखा नगरपालिकको मेयरका लागि नेपाली कांग्रेस बाट विश्वदेव श्रेष्ठले टिक पाएका थिए । तर गण्डकी प्रदेश समितिले दिएको टिकट अन्तिम समयमा राजनराज पन्तलाई दिईएको छ । कांग्रेस पार्टी गण्डकी प्रदेश समितिले गरेको निर्णय उल्ट्यायदै सोमबार केन्दीय समितिले टिकट दिने निर्णय गरेको हो ।

यस्तै पोखरा महानगरमा एमाले सिफारिस गरेका मेयरका उम्मेदवार दिपक पौडेलको टिकट पनि अन्तिम समयमा खोसिएको छ । उनलाई नेकपा एमाले सचिवालयले टिकट दिएपनि सुन चोरेको भिडियो सार्वजनिक भएपछि उनको टिकट खोसियो । उनको टिकट खोसेर कृष्ण थापालाई पोखरा महानगरको मेयरको उम्मेद्वार बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नपाए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका छन् । उनले टिकट नपाउदैमा पाटी नछोड्न समेत निर्देशन दिएका छन् ।

यता धनुषाको मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोकोे टिकट खोसेर रामराजा महतो लाई पार्टीले मेयरको टिकट दिएको छ । यसअघि नेकपा एमाले बाट मेयर बनेका हरिनारायणले अन्तिम समयमा आफ्नोे टिकट खोसिएको भन्दैे मेयर पदमा स्वतन्त्र उम्मेद्वारी समेत दिएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरको उम्मेदवार भइसकेर अन्तिम समयमा माओवादी केन्द्रले टिकट खोसेको भन्दै अमानसिहं तामाङले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । माओवादीले तामाङको टिकट खोसेर कृष्णप्रसाद सापकोटालाई दिएको छ । सापकोटा जिल्लाका पुराना नेता तथा सभामुख अग्नीप्रसाद सापकोटा निकट नेता मानिन्छन् ।

कतै पावर र पहुचको भरमा त कतै गठबन्धनको कारण उम्मद्वार बन्न नपाएकाहरूले स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । पार्टीमा लामो समय योगदान पु¥याएको भए पनि पार्टीले उचित कदर नगरेको भन्दै कतिपय नेताहरूले पार्टी समेत परित्याग गरेका छन् ।

बिज्ञापन