राजनीति

कांग्रेसको टिकट वितरणमा आर्थिक चलखेल र विकृति भयो : डा.शेखर कोइराला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता हुँदा समस्या भएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै टिकट वितरणमा आर्थिक चलखेलले इमान्दार र निष्ठावान कार्यकर्तालाई अन्याय भएको बताएका हुन् ।
‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन।’ विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन। पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ ।’

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने आफूले बताएपनि कार्यकर्ताहरु प्रति समानरुपले न्याय नभएको उनको भनाई छ । जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुग्नुपरेको र स्वतन्त्र उमेदवार दिनुपरेकोमा चिन्ता व्यक्त गरे ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।