राजनीति

ससुरा–बुहारी फरक पार्टीबाट उम्मेदवार

बिज्ञापन

बदिर्या । बर्दियाको गेरुवा गाउँपालिकामा एकै घरका ससुरा र बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेका छन् ।
गेरुवा गाउँपालिका–३ का बलबहादुर थारू नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उमेदवार भएका छन् भने उनकी बुहारी लक्ष्मीकुमारी चौधरी नेपाली काँग्रेसका तर्फबाट पालिकाको उपाध्यक्षमा उम्मेदवार छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार रहेका थारू दुई मतले पराजित भएका थिए । यस्तै राजापुर नगरपालिकाको प्रमुख, उपप्रमुखमा श्रीमान–श्रीमती नै उम्मेदवार छन् ।

बिज्ञापन
बिज्ञापन