राष्ट्रिय समाचार

सुदूरपश्चिम लोकसेवा आयोगले फेरि खोल्यो विज्ञापन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ ।

स्थायी पदपूर्ति गर्न आयोगले दोस्रोपटक बुधबार कर्मचारीको विज्ञापन खोलेको हो ।

बिज्ञापन

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवा, पाँचौ तह प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले माग गरेअनुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

शिक्षा प्रशासनको प्राविधिक सहायकका लागि खुलातर्फ ७ जना, महिलातर्फ २, आदिवासी जनजाती, मधेसी र दलिततर्फ १/१ गरी १२ पदमा विज्ञापन गरिएको छ ।

यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो । त्यसमा १६७ पदमा विज्ञापन गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।