राजनीति

दर्नामा वडा कमिटी अध्यक्ष सहित ६ जनाले माओवादी छाडे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दर्ना (अछाम) । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र वडा कमिटी दर्नाका अध्यक्ष चक्र बहादुर शाह सहित ६ जनाले पार्टिबाट सामुहिक राजिनामा दिएका छन् ।

आज सयुक्त रुपमा विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको जनाएका छन् ।

बिज्ञापन

सामुहिक राजिनामा दिनेमा वडा कमिटी अध्यक्ष चक्र बहादुर शाह, गाउँ संगठन कमिटी तथा सचिवालय सदस्य टेक बहादुर शाह, गाउँ संगठन कमिटी तथा सचिवालय सदस्य लोकेन्द्र बहादुर शाह, वडा संगठन कमिटी सदस्य जंग बहादुर शाह, मान बहादुर शाह र पार्बती शाह रहेका छन् ।

पार्टिले आफ्नो लक्ष्य बिमुख रहेर नियम विपरित विभिन्न कार्य गर्दै आएको र मनलाग्दी तरिकाले नाताबाद र कृपाबाद लागू गर्दै स्थानीय तहको निर्बाचनमा वडा अध्यक्ष लगायतलाई टिकट बितरण गरेको भन्दै पार्टिको साधारण सदस्य नरहने गरि राजिनामा घोषणा गरेको भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।