राजनीति

अछाममा कांग्रेस नेतृत्वको गठबन्धन तटबन्धनमा परिणत हुन्छ : इन्चार्ज बोहरा

बिज्ञापन

अछाम । पाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बहादुर बोहराले अछाममा काँग्रेस लगायत सत्ता साझेदार दलहरू बिचको गठबन्धन तटबन्धनमा परिणत हुने दाबी गर्नु भएको छ ।

बिज्ञापन

निहित स्वार्थका लागी र सत्ता प्राप्तिका लागि बनेको गठबन्धनलाई आसन्न निर्वाचनमा जनताले तटबन्धनमा परिणत गर्ने उहाँले दाबी गर्नु भएको हो ।

नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बोहराले एमाले प्रति आम नागरिकको आकर्षण र लोकप्रियता बढ्दै गएकाले एमालेले अछाममा बहुमत सहित जित हासिल गर्ने दाबी गर्नु भयो ।

कार्यकर्ताको उत्साह र एमाले पार्टी प्रति आम नागरिकको आकर्षणले समेत बान्नीगढी जयगढ गाउँपालिकामा एमाले उम्मेदवारको जित सुनिश्चित हुने पुष्टि गरेको उहाँको भनाई छ ।

विगतमा ५ बर्षे नेपाली काँग्रेसको सरकारले गरेको विभेद,जनविरोधी कार्य र जनतामाथिको निरङ्कुशताका कारण यस पटक बान्नीगढी जयगढ गाउँपालिकामा एमालेलाई बहुमतका साथ विजयी गराउन आम नागरिक र मतदाता उत्साहित बनेका कार्यक्रमका सहभागी नेता तथा कार्यकर्ताले दाबी गरेका छन् ।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले पार्टीका तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षका उम्मेदवार लोक बहादुर साउँद र उपाध्यक्ष पदका उम्मेदवार बिन्दु रावल लगायतका उम्मेदवारलाई जितका लागी शुभकामना दिँदै पार्टीलाई विजयी गराउन लागी पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिज्ञापन