घटना समाचार

विहेमा अरुसँग नाचेको निहुँमा श्रीमानले श्रीमती काटे

बिज्ञापन

एजेन्सी । राक्षस पतिले आफ्नो र श्रीमतीको ज्यान लिएका छन् । भारत, बिहारको जेहानाबाद जिल्लाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।

बिज्ञापन

त्यहाँ एक पतिले धारिलो हतियारले घाँटी काटेर श्रीमतीको हत्या गरेका छन् । त्यसपछि पतिले आफ्नै घाँटी पनि काटे । घटनाको समयमा घरमा श्रीमान् श्रीमती बाहेक कोही नभएको बताइएको छ ।

घटना शकुराबाद थाना क्षेत्रको बन्धु बिघा गाउँको हो । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ ।
श्रीमान्–श्रीमतीबीच विगत ७ दिनदेखि सामान्य कुरामा पनि झगडा हुने गरेको बताइएको छ ।

सोही कारण श्रीमान अजित कुमारले घरेलु चक्कु प्रहार गरेर श्रीमती संगीतादेवीको ज्यान लिएका हुन् । त्यसपछि उनले आफ्नै घाँटी पनि काटेका थिए ।

घटनापछि दुवैजना रगतमा लतपत भुइँमा लडेर कराउन थालेका थिए । आवाज सुनेर वरपरका मानिसहरू दौडिए र दुवैजना भुइँमा पल्टिएका थिए ।

हतारमा दुवैलाई उपचारका लागि सदर अस्पताल जेहानाबाद ल्याइएको थियो । त्यहाँ चिकित्सकले दुवैको अवस्था गम्भिर रहेकाले पीएमसीएचमा रिफर गरे । तर, पटना पुग्नुअघि नै श्रीमान्–श्रीमती दुवैको बाटोमै मृत्यु भयो ।

गाउँका मानिसहरूले करिब २ वर्षअघि दुवैको विवाह भएको बताएका छन् ।

बिहे गरेको केही दिनपछि दुवैको सम्बन्ध चिसियो र बेलाबखत दुवैबीच झगडा हुन थाल्यो । केही दिनअघि एक विवाह समारोहमा श्रीमान श्रीमतीसँग उनको घर गएका थिए । त्यहाँ पनि उनीहरु दुवैबीच झगडा भएको थियो ।

झगडा श्रीमतीले विहेमा अरुसँग नाचेको निहुँ थियो । स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ, अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण के हो भन्ने खुल्ने छ ।

बिज्ञापन