स्वास्थ तथा सरसफाइ

भारतमा फेरि तिब्र रुपमा कोरोना फैलिदै, लापर्बाही नगर्न विज्ञहरुको सल्लाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँ दिल्ली, (रासस/एएनआई) । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढेर फेरि तीन हजारभन्दा बढी हुन थालेको छ ।
केही समय अगाडि दैनिक सङ्क्रमितहरूको सङ्ख्या घटेर एक हजारभन्दा कम भएकोमा अहिले फेरि दिन प्रति दिन बढ्दै गएको छ ।

दैनिक सङ्क्रमितहरूको सङ्ख्या फेरि बढ्न थालेपछि स्वास्थ्य विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

बिज्ञापन

उनीहरूले भनेका छन्, “अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम कम भएको मात्रै हो, कोरोना भाइरस पूर्ण रुपमा हटेको होइन, त्यसैले लापर्बाही नगर्नु ।”

धेरै नागरिकले महामारी अन्त्य भएको झै लापर्बाही गरेको पाइएकाले सबैलाई तत्काल सचेत बनाउनु पर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।

एएनआईसँगको अन्तर्वार्ताको क्रममा टाटा इन्स्टीच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले कोरोना भाइरसको महामारी फेरि फैलिन सक्ने बताउनु भयो ।

उहाँले अहिले पनि पहिलेकै जस्तै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै लापर्बाही गरिएमा फेरि अर्को ठूलो क्षति भोग्नु पर्ने चेतावनी दिनुभयो ।

उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा हातमा सेनिटाइजर लगाउने लगायतका कार्य अहिले पनि गर्न सबैको ध्यानाकर्षण गराउनु भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।