राजनीति

जनगणतन्त्र ल्याउने घोषणा गरेको विप्लव नेतृत्वको नेकपा दुईचिरा

बिज्ञापन

काठमाडौ । आसन्न स्थानीय तहको चुनावमा सहभागी हुने वा नहुने भन्ने विषय पेचिलो बनेपछि विप्लव नेतृत्वको नेकपा विभाजनको डिलमा पुगेको छ । महासचिव विप्लवले नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई पार्टीबाट निश्कासन गरेपछि समाजवाद ल्याउने उद्घोष गरेको पार्टीभित्र विद्रोह हुने भएको हो ।

बिज्ञापन

आगामी स्थानीय तहको चुनावमा सहभागी हुने वा नहुने भन्ने विषय पेचिलो बनेपछि विप्लव नेतृत्वको नेकपा विभाजनको डिलमा पुगेको छ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत राजनीति गरेका विप्लवले नेपालमा अहिलेको व्यवस्था नै बेठिक रहेको भन्ने गरेका थिए । जनगणतन्त्र ल्याउने भन्दै माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेका विप्लवले आफ्नै नेताहरुमाथि कारबाही गरेपछि पार्टी विभाजन हुने अबस्थामा पुगेको हो ।

महासचिव विप्लवले नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई कारबाही गरेपछि वेग्लै पार्टी गठनको प्रक्रिया समेत शुरु भएको छ । बास्तोला र ओलीले पार्टीको निर्देशनविपरित काम गरेको आरोप विप्लवले लगाएका छन् । तर कारबाहीमा परेका नेताहरुले भने महासचिव विप्लवमाथि नै गम्भिर आरोप लगाएका छन् ।

संसदीय व्यवस्थाको विरोध गर्दै पार्टी आन्दोलन शुरु गरेका नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिदा त्यसको असर सिंगो कम्युनिष्ट आन्दोलनमै पर्नसक्ने आशंका समेत शुरु भएको छ । तर नेपालका कम्युनिष्टहरु टुटफुटको इतिहासबाटै अहिलेको अबस्थासम्म आएका कारण यो एउटा सामान्य प्रक्रिया हुने कतिपयको तर्क छ ।

बिज्ञापन