बिश्व

हिटलरले आत्महत्या गरेको दिन

बिज्ञापन

एजेन्सी । ३० अप्रिल १९४५ दिउँसो समय । जर्मन तानाशाह एडोल्फ हिटलरलाई लाग्न थाल्यो कि अब उनले युद्ध जित्न सक्दैनन् । उनको पराजय निश्चित थियो, तर उनी शत्रुलाई कुनै पनि हालतमा जिउँदै हात लाग्न चाहँदैन थिए ।

बिज्ञापन

त्यसैले उनले आत्महत्या गर्ने निर्णय गरे । उनले बंकरमा रहेका आफ्ना सहकर्मीलाई विषका सानो सिसी बाँडे । हिटलरको अल्सेसियन कुकुरमा विषको घातकताको जाँच गरिसकेका थिए ।

३ः३० मा, हिटलरकी पत्नी एफा ब्राउनले विष पिइन् । त्यसैबेला हिटलरले पनि आफ्नो दाहिने कन्चटमा ७ः ६५ एमएमको पेस्तोलले गोली हाने । उनका निजी सेवक हाइन्त्स लिंगे केही मिनेट पछि कोठामा आए । दुबै शवलाई कम्बलमा बेरेर नाजी पार्टीका दुई एसएस सिपाहीहरूको सहयोगमा कार्यालयको बगैँचामा लगियो र जलाइयो । दुवैको शव जलाउन धेरै पेट्रोल खन्याइयो । बाँकी शवलाई बंकर नजिकैको खाल्डोमा गाडियो ।

वास्तवमा, जर्मनी दोस्रो विश्वयुद्धमा हारको कगारमा थियो । यसको कारण, १६ जनवरी १९४५ देखि, हिटलर आफ्नो राइच–चान्सलरको कार्यालयको बगैँचामा तीन मिटर बाक्लो पर्खालहरू भएको भूमिगत बंकरमा बस्दै आएका थिए । २५ अप्रिलमा नै हिटलरले आफ्नो व्यक्तिगत अङ्गरक्षकलाई बोलाएर भने कि मैले आफूलाई गोली हानेपछि मेरो शरीरलाई बगैँचामा लगेर आगो लगाइदिनु ताकि मरेपछि मलाई कसैले देख्न र चिन्न नपरोस् ।

अप्रिल २५ देखि, सोभियत सेनाहरूले बर्लिनलाई घेरे । यो विश्वास गरिन्छ कि अप्रिल २७ मा नै हिटलरले सोभियत सेनाको हातमा पर्नुको बदलामा आत्महत्या गर्ने निर्णय गरिसकेका थिए । यसपछि २८ अप्रिलको मध्यरातमा हिटलरले आफ्नी लामो समयदेखिकी प्रेमिकासँग आफ्नो बंकरमा विवाह गरे । उनको प्रचार मन्त्री गोएबल्स यो विवाहको साक्षी बने ।

बिज्ञापन