राजनीति

टीकापुरमा मेयर र उपमेयरमा को को लड्दैछन् ?
स्वतन्त्र उम्मेदवारले कस्ले के चिन्ह पाए ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १८ बैशाख । टीकापुर जिल्लाको टिकापुर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका नवराज रावल छन् भने उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का खडक बहादुर शाह रहेका छन्, प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्याम खत्री छन्भने उपप्रमुख पदमा उपमा देवी के.सी रहेकी छिन्, प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु छन्भने उपप्रमुख पदमा उल्का देवी विश्वकर्मा रहेकी छिन्, प्रमुख पदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपाल कर्मी छन्भने उपप्रमुख पदमा सुनिता विश्वकर्मा रहेकी छिन्, प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोबिन्द रिमाल छन्भने उपप्रमुख पदमा सरस्वती बोहरा रहेकी छिन्, प्रमुख पदमा जनता समाजवादी पार्टी नेपालका धरम बहादुर घर्ती मगर छन्भने उपप्रमुख पदमा पिन्की कामी रहेकी छिन्, प्रमुख पदमा नेपाल लोकतान्त्रिक पार्टीका प्रेम बहादुर चौधरी छन्भने उपप्रमुख पदमा पार्वती चौधरी रहेकी छिन्, प्रमुख पदमा मौलिक जरोकिलो पार्टीका राजु कुमार बिष्ट छन्भने उपप्रमुख पदमा हिरादेवी थारु रहेको कुरा निर्वाचन अधिकृतको कार्यलय टीकापुरले उल्लेख गरेको छ ।

यता प्रमुख पदका स्वातन्त्र उम्मेदवार ललित बहादुर थापा ‘शिव’ ले पुतली, लोक बहादुर बुढा क्षेत्रीले आँप चुनाव चिन्ह पाएका छन् भने उपप्रमुखमा पदमा उम्मेदवारी दिएकी माया देवी जैसीले पनि आँप चुनाव चिन्ह पाएकी छिन् । नेपाली काँग्रेसका बागी उम्मेदवार उदयराम अधिकारीले भने गुलाफ चिन्ह पाएका छन् ।

बिज्ञापन

हिजो टीकापुरका सबै उम्मेदवारीहरुले आ–आफ्नो चुनाव चिन्ह पाईसकेपछि हिजै बेलुकादेखि आफ्नो प्रचार–प्रसारमा चुनाव चिन्हको माइकिङ गरिएको पाइएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।