घटना

कैलालीको घोडाघोडीको जंगलमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलालीको घोडाघोडीको जंगलमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो ।

बिज्ञापन

मृतक बझाङको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए ।

हिजो आइतबार बिहान गोठालाहरूले शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिएसपी जोशीका अनुसार शव सडेको अवस्थामा रहेकोले सोही दिन झुन्डिएको हुन सक्ने बताए ।

प्रहरीले शव सडेकोले स्थानीयको रोहवरमा मुचुल्का बनाई आफन्तको जिम्मा लगाएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।