राष्ट्रिय समाचार

निजी विद्यालयले सातामा २ दिन बिदा नदिने

बिज्ञापन

काठमाडौ । निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक दवाद पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले निर्णय नमान्ने बताएका हुन् ।

बिज्ञापन

सरकारले निजी शैक्षिक क्षेत्रसँग छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको भन्दै उनीहरूले गुनासो समेत गरेका छन् ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपालका महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरूसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।

बिज्ञापन