राष्ट्रिय समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

बिज्ञापन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको पहिलो र आफू प्रधानमन्त्री भएपछिको चौथो पटक नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको विशेष स्रोतबाट थाह भएको छ ।

बिज्ञापन

यसभन्दा अगाडि प्रधानमन्त्री नियुक्त भएलगत्तै सन् २०१४ अगस्ट ३ मा (पचास घण्टा) भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंको दुई दिने सद्भावना र धार्मिक भ्रमण गरेका थिए । त्यस मितिसम्म घनिष्ठ छिमेकी मित्र राष्ट्रबाट १७ वर्षदेखि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको थिएन ।

नरेन्द्र मोदी प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपल्ट नेपाल भ्रमण गर्दा ‘हर हर मोदी, घर घर मोदी’ भन्दै नारा लगाएर नेपाली जनताले स्वागत गरेका थिए । प्रधानमन्त्रीमा पहिलो पटक नियुक्त भएको लगत्तै काठमाडौं आएर पशुपतिनाथको दर्शनसँगै नेपालका शीर्ष नेताहरुसंग भेटवार्ता गरेर फर्किएको चार महिनापछि नै काठमाडौंमा आयोजना भएको १८ औं सार्क शिखर सम्मेलन(१९१४ नोभेम्वर२८–२९) मा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक काठमाडौं आएका थिए ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ तथा जनकपुर र लुम्बिनीको धार्मिक यात्रा गर्ने इच्छा राखेर त्यही रुपको कार्यक्रम दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको मोदीको सचिवालयले बनाएको थियो । जनकपुर भ्रमण गर्ने र जानकी मन्दिरको दर्शन गर्ने उक्त कार्यक्रममा त्यस क्षेत्रका केही विद्यालयका छात्राहरुलाई साइकल वितरण गर्ने कार्यक्रमसमेत भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले तय गरेको थियो । तर मधेसवादी दलहरुको विवाद र अवरोधको कारण प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण रद्द भयो । उनले जानकी मन्दिरको दर्शन गर्न सकेनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पल्टको नेपाल भ्रमणमा आएर मुक्तिनाथ गएर त्यहाँ एकरात ओडारभित्र बसेर तपस्या र पूजापाठसमेत गरेका थिए । राजनीतिमा आउनु अगाडि धार्मिक अनुरागप्रति झुकाव राख्ने भारतीय प्रधानमन्त्री मोदीले लामो समयसम्म मुक्तिनाथमा बसेर धार्मिक गतिविधिमा आफूलाई संलग्न गराएका थिए । त्यही अनुराग र भावनात्मक सम्बन्धको कारण पहिलोपटक प्रधानमन्त्री भएपछि पनि नरेन्द्र मोदी २०१८ मे १२ मा मुक्तिनाथ पुगेर एकरात उनले धार्मिक अनुष्ठानसमेत गरेका थिए ।

नेपालप्रति विशेष सद्भाव राख्ने भारतीय प्रधानमन्त्री मोदीले नेतृत्व गरेको बीजेपीको सरकार र नेपालका बिचमा २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको संविधानका केही प्रावधानलाई लिएर अनौपचारिक असहमति उत्पन्न भएको थियो । त्यसैको परिणाम भारतले नेपालका विरुद्धमा ५ महिना लामो अघोषित नाकाबन्दीसमेत गरेको थियो ।

आफूले नेतृत्वको गरेको सरकारले नेपालका विरुद्धमा अघोषित नाकाबन्दी गरेको भएपनि भारतीय प्रधानमन्त्री मोदीको सद्भाव भने नेपाल र नेपाली जनताप्रति रहेको महसुस हुन्छ । दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएको लगभग १ वर्ष पछाडि नेपालस“गको त्यही आत्मीय सम्बन्धनलाई नवीकरण गर्न नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी आगामी २०२२ मे (सम्भवत मे २२–२३) को तेस्रो अथवा २०७९ जेठको दोस्रो साता काठमाडौंको धार्मिक, कूटनीतिक र सद्भावना भ्रमण गर्न थालेको नयाँ दिल्लीस्थित विश्वस्त स्रोतले उल्लेख गरेको छ ।

बिज्ञापन