राष्ट्रिय समाचार

ईद उल फित्र मनाइँदै, आज सार्वजनिक बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

बिज्ञापन

आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

नवौँ महिनाको अन्तिम दिन गएको बिहीवार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो । यसैबीच सरकारले ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

२०७८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।