जलवायु

आज देशका धेरै ठाउँमा पानी पर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । आज मङ्गलवार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हिजो सोमवार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो । वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो ।

बिज्ञापन

मौसमविद् सजिना शाक्यका अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ ।

आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।