अर्थ

मलेसियामा कामदारको तलव बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो ।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ। अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ । मन्त्रालयका अनुसार मे १ देखि श्रमिकको आधारभूत न्यूनतम तलब १५ सय रिंगिट बनाएको हो ।

बिज्ञापन

यस भन्दाअघि मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुनेगरी आधारभूत तलब बढाएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै श्रमिकको तलव बढेसंगै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न म्यानपावरलाई आग्रह गरेको छ ।

साथै, यसअघि प्रमाणीकरणको लागि दूतावासमा पेश भएर प्रमाणीकरण नभइसकेका मागपत्रमा मागपत्र र रोजगारी सम्झौतापत्रका सम्बन्धित पेजसमेत सोही अनुसार मिलान गरी दूतावासमा पेश गर्न आग्रह गरेको छ ।

मलेसियामा ३ लाख ५० हजार बढी नेपाली कार्यरत छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।