राजनीति

भारतमा राहुल गान्धी काठमाडौंको नाइट क्लब गएको भिडियो भाइरल

बिज्ञापन

काठमाडौ । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी अहिले काठमाडौंमा छन् ।

बिज्ञापन

सोमबार राति साथीको विवाहका लागि आएका गान्धी रात्रीकालीन क्लबमा गएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गान्धी लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लबमा साथीसँग रमाइलो गरिरहेको भिडियो टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

गान्धीको नाइट क्लब भ्रमणलाई लिएर भारतमा भारतीय जनता पार्टीका केही नेताले उनलाई सामाजिक सञ्जालमा ट्रोलसमेत गरिरहेका छन् ।

गान्धीको नाइट क्लब भ्रमण भिडियो सार्वजनिक लगत्तै भारतीय सञ्चार माध्यममा उनको भ्रमणलाई लिएर छ्याप्छ्याप्ती समाचार प्रकाशित भएको छ ।

भाजपा र मिडियाको प्रश्नको जवाफ दिँदै कांग्रेसको सञ्चार विभाग प्रमुख रणदीप सुर्जेवालाले पत्रकार सम्मेलन गरेका छन् ।

उनले सम्मेलनमा राहुल गान्धी निमन्त्रणा पाएर पाहुना बनी सहभागी भएको स्पष्ट पारेका छन् ।

उनले गान्धी प्रधानमन्त्री नरेन्द्र मोदी जस्तो नबोलाई पाकिस्तानमा नवाज सरिफको जन्मदिन मनाउन र केक काट्न नगएको टिप्पणी गर्दै साथीको निजी विवाह समारोहमा सहभागी हुन मित्रराष्ट्र नेपाल गएको बताएका छन् ।

संयोगले विवाह हुन लागेको साथी पत्रकार पनि भएको भारतीय समाचार संस्था द इन्डियन एक्सप्रेसमा उल्लेख छ ।

गान्धी निजी विवाह समारोहमा आए पनि प्रमुख राजनीतिक दलका नेतालाई भेट्ने बताइएको छ । उनी काठमाडौंको एक होटलमा बसेका छन् ।

बिज्ञापन