खेलकुद

नेपाल र जिम्बावे ‘ए’ तेस्रो टी–ट्वान्टीमा भिड्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख २१– नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बुधबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले तेस्रो टी–ट्वान्टी अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

बिज्ञापन

नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।

जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ । नेपाल र जिम्बावेबीचको दोस्रो टी–ट्वान्टी भने वर्षाले रद्द भएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो।

टी–ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।