जम्काभेट हुँदा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप
लोक कल्याणकारी विज्ञापन

कञ्चनपुर । कञ्चनपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१९ मा चुनाव प्रचारप्रसारका क्रममा उनीहरुबीच झडप भएको हो ।
बिज्ञापन

स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग भएको जम्काभेट तनावमा परिणत भएको थियो ।
कुटपिटबाट प्रचारप्रसारमा खटिएका एमालेका दुईजना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले सामान्य झडप भएको जानकारी दिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
