राजनीति

जम्काभेट हुँदा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप

बिज्ञापन

कञ्चनपुर । कञ्चनपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

बिज्ञापन

जिल्लाको भीमदत्त नगरपालिका–१९ मा चुनाव प्रचारप्रसारका क्रममा उनीहरुबीच झडप भएको हो ।

स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग भएको जम्काभेट तनावमा परिणत भएको थियो ।

कुटपिटबाट प्रचारप्रसारमा खटिएका एमालेका दुईजना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले सामान्य झडप भएको जानकारी दिए ।

बिज्ञापन