राजनीति

कैलालीको कैलारीमा त्रिपक्षीय भिडन्त

बिज्ञापन

धनगढी । कैलारी गाउँपालिकामा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि उक्त गाउँपालिकामा तीन दलबीच नै भिडन्त भएको थियो । त्यतिबेला नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच भएको प्रतिस्पर्धामा माओवादी केन्द्र विजयी भएको थियो ।

बिज्ञापन

नेपालीका काँग्रेस र एमालेका उम्मेदवारलाई ७४ सालमा पराजित गरेका माओवादीका लाजुराम चौधरी यसपटक पनि उम्मेदवार बनेका छन् । गएको पाँच वर्षका राम्रो काम गरेको दाबी गर्दै यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन् । ‘मैले पाँच वर्षसम्म गरेका कामहरु जनताले हेरिसकेका छन् । त्यसकारण मेरो जित निश्चिम छ। कसैसँग प्रतिस्पर्धा छैन’ चौधरी भने ।

जिल्लाका अन्य स्थानीय तहमा काँग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन छ। तर कैलारी गाउँमा गठबन्धन भनिए पनि त्यहाँ गठबन्धनमै आवद्ध दुई दलका उम्मेदवार छन् । सिट बाँडफाँडमा कैलारी गाउँपालिका माओवादी केन्द्रको भागमा परेको थियो। तर नेपाली काँग्रेसका राजसमज चौधरी चुनावी मैदानमा छन् । गठबन्धनमा आवद्ध काँग्रेस र माओवादीका उम्मेदवारको यस विषयमा धारणा भने फरक–फरक छ ।

बिज्ञापन