राजनीति

नयाँ बजेटका लागि नयाँ अर्थ मन्त्री खोज्दै कांग्रेस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । स्थानीय तहको निर्वाचन लगत्तै अर्थमन्त्री मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस लागेको चर्चा छ । स्रोतका अनुसार, माओवादीको कोटाबाट अर्थमन्त्री भएका जनार्दन शर्मालाई हटाई कांग्रेसले आफ्नो मान्छेलाई अर्थमन्त्री बनाउने तयारी गरेको छ ।

२०७९÷०८० आर्थिक वर्षको बजेट आउनुभन्दा पहिला २०७९ जेठ १५ गते अघि नै अर्थ मन्त्री परिवर्तन गरेर २०७९ साल मंसिरमा हुने आम निर्वाचनको चुनावी बजेट आफ्नो मन्त्रीमार्फत ल्याउने वातावरण बनाउने प्रयास कांग्रेसमा भइरहेको बताइन्छ ।

बिज्ञापन

कांग्रेसभित्र अहिले अर्थमन्त्री कसलाई बनाउने भन्ने चर्चा पनि हुन थालेको छ । केही कांग्रेसीहरुले डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनुपर्छ भनेर लविङ पनि गर्न थालेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।