बझाङमा जेठ १ गतेसम्म मदिरा निषेध

बझाङ । स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निषेध गरिने भएको छ । निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर अबको जिल्लाभर मदिरा निशेध गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।

चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
