राजनीति

रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन : केपी शर्मा ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बौनियाँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरु अहिले पनि जेलमा छन् । तर, रेशम चौधरी र थारु नेताहरुलाई जेल हाल्नुपर्ने कुनै कारण छैन । सरकारले हुदै नभएको मुद्दा लगाएर थारु नेताहरुलाई थुनेर राखेको छ ।’ टीकापुर घटनाका बेला घटनास्थलमा हुँदै नभएका रेशम चौधरीलाइ मुद्दा लगाएर जेल हाल्न नहुने उनको दाबी छ । यस्तै ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए । थारुका समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले सहमति गरेको उनले बताए ।
‘मैले सहमति गरेकै हो । तर, सरकार नै रहेन । यो सरकारले सहमतिको प्रयास नै गरेन । उल्टै थुनेर राखेको छ ।’ उनले भने ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।