राजनीति

गठबन्धन निरन्तर चल्ने प्रतिज्ञा गरे मात्र चितवनका जनताले पत्याउँछन्– टेकप्रसाद गुरुङ

बिज्ञापन

चितवन । चितवनको भरतपुरमा तालमेलको विरोध गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पाँचदलीय गठबन्धन निरन्तर चल्छ भन्ने प्रतिज्ञा गरे मात्र चितवनका जनताले विश्वास गर्ने बताएका छन् । विगतमा जस्तै वामपन्थी गठबन्धन बने भरोसाको वातावरण नरहने उनले बताए ।

बिज्ञापन

चितवनको भरतपुरमा बिहीवार आयोजित सभालाई सम्बोधन गर्दै गुरुङले तालमेल गर्नुहुँदैन भनेर केन्द्रीय समितिमा कुरा उठाए पनि पार्टीले निर्णय गरेपछि उम्मेदवार जिताउनु आफूहरूको दायित्व भएको बताएका हुन् ।

‘आज शीर्ष नेताले भन्नुप¥यो, गठबन्धन हुनुप¥यो । तपाईंहरूले गठबन्धनलाई निरन्तर लाने प्रतिज्ञा गरेमात्र चितवनका जनताले विश्वास गर्छौं । हिजोजस्तै गठबन्धनका नाममा टुट्ने फुट्ने कुरा गर्नुभयो भने चितवनका जनताले भरोसा गर्दैनन्,’ प्रचण्डप्रति लक्षित गर्दै गुरुङले भने । गुरुङले बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई केन्द्रीय स्तरबाटै फकाउनुपर्ने बताए ।
‘१६ गते अगाडि नै मनाउनुपर्ने हो, अझै पनि उहाँलाई फकाउने प्रयास गर्नुपर्छ,’ उनले भने ।

बिज्ञापन