राजनीति

महिलाको अपमान गर्नेलाई काठमाडौंका महिलाले मतदान गर्नुहुन्न : महामन्त्री थापा

बिज्ञापन

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिलाहरूको अपमान गर्नेलाई काठमाडौंका महिलाले मतदान नगर्ने दाबी गरेका छन् ।

बिज्ञापन

कांग्रेसको काठमाडौं महानगरका विभिन्न वडाका क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले महिलालाई ‘हेट’ गर्ने उम्मेदवारलाई मतदानबाटै जवाफ दिन आग्रह गरे ।

‘एउटा महिलाद्वेषी, महिलालाई अपमान गर्ने , हेट गर्ने पात्रलाई आज एउटा पार्टीले बोकेको छ । एमालेकै महिलाहरुले पनि काठमाडौं महानगरमा सूर्यलाई भोट दिनु उहाँहरूकै अपमान भइसकेको छ । त्यसैले महिलाको अपमान गर्नेलाई मतदान नगरौं’, थापाले भने ।

काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्व गरे पनि जनताले सुविधा नपाएको थापाको दाबी छ ।

‘एमालेले ५ वर्ष काठमाडौं चलाउन पाएको हो तर के काम ग¥यो ? एमालेका उम्मेदवारले काम देखाउन सकेका छैनन् । काठमाडौं कति सफा भयो ? कति सहज भयो ? काठमाडौंलाई कस्तो बनाउने भनेको थियो ? कस्तो भयो ? काठमाडौं महानगरको स्रोत साधन के भयो ? एमालेले जवाफ दिनुपर्छ । जनताले जवाफ खोज्नुपर्छ’, थापाले भने ।

उनले पार्टीभित्रका असन्तुष्टि बिर्सेर चुनावी अभियानलाई सफल बनाउन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

बिज्ञापन