घटना

घरायसी विवादका कारण छोराले गरे आफ्नै बाबुआमाको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ताप्लेजुङ । एक निर्दयी छोराले आफ्ना वृद्धवृद्धा बाबुआमाको हत्या गरेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा यस्तो जघन्य अपराध भएको हो ।
फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना आमाबाबुको ज्यान लिएका हुन् ।

उनले ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी गराए ।

बिज्ञापन

राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो हतियार खुकुरीले हानेर बाबुआमाको हत्या गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ । घरायसी विवादका कारण बाबुआमामाथि खुकुरी प्रहार गरेको आशंका गरिएको छ । आइतराजलाई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

शव पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।