घटना

भारतबाट घर फर्कने क्रममा एक युवा बाटोमै बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुम (पूर्व) । अध्ययनका लागि भारत गएका रुकुम पश्चिमका एक युवा एक हप्तादेखि बेपत्ता भएका छन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ का २६ वर्षीय गोपाल खड्का एक हप्तादेखि भारतमा बेपत्ता भएका हुन् ।

बिज्ञापन

भारतको देहरादूनमा रहेको अल्पाइन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बीएस्सी अध्ययन गरिरहेका खड्का गएको शुक्रवार देखि सम्पर्क विहीन रहेको उनका बुबा चिताराम खड्काले बताए ।

परीक्षा सकेर नेपाल फर्किँदै गर्दा गोपाल सम्पर्क विहीन भएको उनका बुबा खड्काले जानकारी दिए । गोपालको खोजीका लागि नेपाल सरकार मार्फत भारतीय राजदूतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर अहिलेसम्म पत्ता लागेको छैन ।

कहीँकतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरी समक्ष जानकारी गरिदिन गोपालको परिवारले आग्रह गरेको छ । ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८ यी नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।