राजनीति

विप्लव पार्टीका कसु (कञ्चन र सुदर्शन) गुटको कन्तबिजोग भएकै हो त ?

बिज्ञापन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको कन्तबिजोग भएको वप्लव समुहको वादी रहेको छ ।

बिज्ञापन

आफूहरुसंग बहुमत भएको दावी गरेका कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नगन्य केन्द्रीय सदस्यमात्र उपस्थित भएपछि उनीहरुको कान्तबिजोग भएको स्रोत बताउछ ।

नेपाल कम्युनिस्ट पार्टीको ६९ जनाको केन्द्रीय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा १० जनामात्र सहभागी भएका छन् । ६९ जना केन्द्रीय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा नेकपा विप्लववाट कारबाहीमा परेका सुदर्शन, कन्चन , दीपक चलाउने, गुणराज लोहनीलगायत पूर्ण सिंह, रुपेश, नयन, शरद रसाइली र लालबहादुर बिसीहरू सहभागी भएको स्रोत बताउछ ।

पार्टीमा बहुमत भएको कोकोहोलो मच्याउदै कसु (कञ्चन र सुदर्शन) गुटको भेलामा नगन्य केन्द्रीय सदस्यमात्र उपस्थित भएपछि उनीहरु आम जनतामाझ सर्वाङ्ग भएको नेकपाका एक नेताले बताए ।

उनले कसु (कञ्चन र सुदर्शन) गुटले नेपालको क्रान्तिमा गद्दारी गरेको ठोकुवा गर्दै उचित समयमा नेपाली जनताले त्यसको हिसाब किताब खोज्ने दावी गरे ।

बिज्ञापन