राजनीति

मंगलसेन नगरपालिकाको मेयरका उम्मेद्वार पदमबहादुर बोहरा जीत सम्भावना प्रवल

बिज्ञापन

अछाम । मंगलसेन नगरपालिकाको मेयरका उम्मेद्वार पदमबहादुर बोहराको जीतको सम्भावना प्रवल रहेको छ । मंगलसेन नगरपालिकाको मेयरका उम्मेद्वार पदमबहादुर बोहरालाई मन पराउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । अहिले उनलाई मतदाताले आफै नमस्कार गर्न आउँछन् । हर्षका साथमा फूल माला लाउँछन् । अबिर लाएर जितको शुभकामना दिने गरेका छन् । बोहरालाई घरमा बोलाएरै स्वागत गरेर भोट दिएर जिताउने विश्वास दिलाउने गरेका बताइएको छ ।

बिज्ञापन

आफूहरूले मतदान गरेर बोहरालाई नै मङ्गलसेनको विजयी गराउने प्रतिबद्धता व्यक्त गर्छन् । भोट माग्न धेरै आउने भए पनि मंगलसेन नगरपालिकाको तपाइ नै मेयरमा हुनुपर्छ भन्दै भेटघाटमा आउने गरेका छन् ।

फरक दलका केही व्यक्तिहरू पनि बोहरा न्रै सक्षम, योग्य र सबै ठाउँको समान विकास गर्न सक्ने भन्दै मतदान गर्ने भनाइ आइरहेको बताइएको छ । तपाइले लामो समयसम्म निस्वार्थ रूपमा सामाजिक सेवा गर्नुभयो, नगरपालिका चलाउन सक्ने तपाइ नै हो ।

त्यसैले पदम बोहरालाई भोट दिन्छौँ । मङ्गलसेनमा भेटिएका एक अधबैँसेले भन्नुभयो । ‘पदम बोहराले आचरण गलत छैन, सबैको हितमा काम गर्नुहुन्छ, त्यसैले उहाँलाई नै यो पाली मेरो गाउँबाट भोट जान्छ ।’ मंगलसेन नगरपालिका वार्ड नंं ११ का एक युवकको भनाइ छ ।

पहिलो कार्यकालमा पदमबहादुर मेयर हुँदा विकासका कामको थालनी भएको भन्दै यसलाई पूरा गर्न र थप ठुला योजना ल्याउनका लागि बोहराको विजयी आवश्यक भएको स्थानीयको भनाइ छ ।

अछाम क्याम्पस, काला गाउँ क्याम्पस, मङ्गलसेनमा बृहत् खानेपानी, बृहत् खेलमैदान, हरेक वडामा सडक, खानेपानी, पर्यटन, कृषिलगायतमा काम भएको मतदाताको भनाइ छ । बस्तीमा सडक पु¥याउन सजिलो थिएन, बजेट कसैले दिएन तर पदम बोहरा आएपछि उहाँले बस्तीमा बाटो पु¥याउनुभयो ।

अब डाँडिगडे, बस्ती र बाँडा पुग्ने राम्रो सडक बनाउन उहाँलाई जिताउन आवश्यक छ । मंगलसेन नगरपालिका वार्ड नंं १३ बस्तीका एक युवकको भनाइ छ ।

कठिन मानिएको बस्तीमा सडक पु¥याउन थियो, पहिलो कार्यकाल, कोरोना सङ्क्रमण, भौतिक र कर्मचारी अभाव, सङ्घीय र प्रदेश कानुनको अभावमा सोचे अनुसार काम गर्न नसकेको बुझाइ स्थानीय मतदाताको भनाइ छ ।

आउँदो पाँच वर्षमा काला गाउँदेखि बस्तीसम्मको विकास अझै जनताको हितमा काम गर्नका लागि मंगलसेन नगरपालिकाको पदम बोहरालाई मतदान गर्ने योजना बनाएको मंगलसेन नगरपालिका वार्ड नंं ५ का अर्का एक युवकको भनाइ छ ।

मङ्गलसेनका नागरिकको हितमा आफूले निस्वार्थ रूपमा निरन्तर सामाजिक सेवामा रहेकोले आफूलाई मत दिनका लागि बोहराको आग्रह छ । मङ्गलसेनवासीका हरेक समस्याका बारेमा जानकार भएकोले त्यही अनुसार योजना बनाएर १४ वटै वडामा काम गर्ने भनाइ बोहराको छ ।

गाउँघरमा पुगेर आफ्ना योजना र प्रतिबद्धताका बारेमा जानकारी गराएकोले मतदाताबाट आफ्नो टिमलाई राम्रो आवश्सन पाएको बोहराको दाबी छ ।

बिज्ञापन