वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार मृत फेला

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् । रामधुनी नगरपालिका–८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन् ।
उनी गत विहीबार इनरूवा–४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए । उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि बिहीबार परिवार र जिल्ला प्रहरी कार्यालय सुनसरीको सम्पर्कमा आएका थिए ।

उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए । यसअघि नेपाली कांग्रेसका कार्यकर्ता रहेका पौडेलले वडाध्यक्षमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
