राजनीति

अब गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुन्छ : देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनुषा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिएका छन् ।

आज (शनिबार) पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध नबोल्न सचेत गराए । ‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन’, उनले भने, ‘अब कारबाही गरेर निकाल्छौं ।’ ‘गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा पनि बोल्नेहरु हावा खाइसके’, उनले थपे, ‘अब झण्डा बोकेर हिंड्छन्, कुनै समस्या छैन ।’

बिज्ञापन

‘एमालेले भङ्ग गरेको संसद अदालतबाट फर्कायौं, उसैले चल्न दिएन’
कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले एमालेले लामो समयसम्म गरेको संसद अवरोधप्रति आपत्ति जनाएका हुन् ।

‘लहडबाजीमा संसद भंग गर्न मिल्दैन । त्यस्तै अवस्था प¥यो भने मात्र हो,’ सभापति देउवाले भने, ‘संसदमा विरोध गर्ना साथ विरोध सहन नसक्ने संसद भंग गरिहाल्ने । त्यस्तै अदालतमा गएर संसद फिर्ता ल्यायौं । फिर्ता ल्याए पनि संसद चल्न नदिने ।’

उनले मुलुकको संविधान नेपाली जनताका प्रतिनिधिले संविधानसभाबाट बनाएको संविधान भएको पनि बताए । ‘यो संविधानसभाले बनाएको संविधान हो । यो एउटा पार्टीले बनाएको संविधान होइन । सम्पूणर् नेपालीका प्रतिनिधिले बनाएको संविधान हो,’ देउवाले भने । देउवाले अदालतबाट न्याय पाएपछि आफ्नो नेतत्वमा सरकार बनेको पनि बताए ।

उनले सरकार गठनमा सघाएको भन्दै सत्ता साझेदार दलहरूका शीर्ष नेताहरु प्रति आभार समेत व्यक्त गरे । ‘यो सरकार ओलीले भंग गरेपछि अदालतबाट न्याय पाएर बनेको सरकार हो,’ देउवाले भने, ‘माधव नेपालजी, प्रचण्डजी, उपेन्द्रजी सबैले मलाई प्रधानमन्त्री बनाउनु भयो । त्यसकारण पार्टीका तर्फबाट पनि उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।