घटना समाचार

जनकनन्दनी गाउँपालिका अध्यक्षको निधन

बिज्ञापन

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ ।

बिज्ञापन

अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् । उनको ७० वर्षको उमेरमा निधन भएको हो ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यकृया हुन नसकेको कार्कीले बताइन् । ‘यद्यपि उहाँ स्वस्थ्य नै हुनुहुन्थ्यो । शनिबार साँझसम्म बैठकमै सहभागी हुनुभयो,’ उनले भनिन्, ‘एक्कासी उहाँको निधन भयो ।’

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।

बिज्ञापन