राजनीति

सच्चा कम्युनिष्टले कांग्रेसलाई भोट हाल्न सक्दैन्न : रावल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद डा. भीम बहादुर रावलले सच्चा कम्युनिष्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताउनु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा नेकपा एमाले र माओवादी केन्दको संयुक्त चुनावि आमसभालाई सम्बोधन गर्दै डा. रावलले आफूलाई कम्युनिष्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापन

उहाँले सत्ता स्वार्थको लागि कांग्रेससँग कार्यगता एकता गर्नु जनतामाथिको धोका भएको जिकिर गर्नुभयो । सच्चा कम्युनिष्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने धारणा राख्नुभयो । उहाँले नेकपा एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्नको लागि आग्रह गर्नुभएको छ ।

बिज्ञापन

एमालेका उम्मेदवार बिजय भए मात्रै देशमा बिकास निमार्णका कार्यले तिब्रता पाउने एमालेबाट बनेका उम्मेदवारलाई जिताउने आग्रह गर्नु भएको हो । उहाँले उच्च मनोवलका साथ स्थानीय तहको निर्वाचन जित्ने अभियानमा लाग्नको लागि निर्देशन दिनुभएको हो ।

उहाँले आफू एक्लै राष्ट्रियताको पक्षमा उभिदै आएको बताउँदै केही व्यक्तिले आफू माथि गर्ने गरेको टिप्पणीले कुनै फरक नपर्ने बताउनुभयो ।

चुनावि आमसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार पशुपति कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो ।

उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयि गराउन समेत आग्रह गर्नु भयो । उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले बाम गठबन्धनसंग ठूलो जनमत भएका कारण जित सुनिश्चित भएको बताउनु भएको छ ।

उहाँले बाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरी सके पछि नगरपालिकालाई समृद्ध बनाईने बताउनु भएको छ । गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताउनु भएको छ ।

चुनावि आमसभालाई नेकपा एमाले केन्द्रीय अनुसान आयोग सदस्य गोविन्द कुँवर, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व जिविस सभापति कृष्ण प्रसाद जैशि, प्रदेश कमिटी सदस्य मीन बहादुर कुँवर, जंग बिक, जयन्द्र स्वार, शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य मुकेश कुँवर, आकाश कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा साँफेबगर नगर ईञ्चार्ज रमेश कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हिरिण्ड कुँवर, वडा अध्यक्षका उम्मेदवार कर्ण बहादुर साउद, अनेरास्ववियुका जिल्ला सचिव भिम बडाहित, युवा संघका जिल्ला सचिव जितेन्द्र कुँवरल लगाएतको सहभागिता रहेको थियो ।

नेकपा एमाले नगर कमिटी सदस्य भजन परियारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन युवा नेता सुरेन्द्र बहादुर शाहले गर्नु भएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन