राजनीति

यो कार्यकालको अन्तिम कार्यक्रम हो। नगर प्रमुख: तपेन्द्र रावल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २८ बैशाख
टीकापुर नगरपालिका वडा नम्बर १ स्थिति जनकल्याण सहकारी सस्थाको सभा कक्षमा मङलबार नेपाल राष्ट्रिय शिक्षक संगठन टीकापुर नगरको भित्तेपात्रो विमोचन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तपेन्द्र रावलले भित्तेपात्रो विमोचन पछी कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पाँच बर्षको कार्यकालको आजको अन्तिम कार्यक्रम रहेको बताए साथै नगर प्रमुख रावलले राम्रो गर्दा गर्दै भुल बस कुनै त्रुटि भएको भए क्षमा चाहान्छु भन्दै शिक्षा क्षेत्रमा गरेको काम मैले आफै बर्णन गर्नु अनुचित हुनेभएकोले उक्त कुरा कामले देखाएको बताए ।

कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष पदम बहादुर बुढाको रहेको थियो भने कार्यक्रमको संचाल सचिव अर्जुन रावलले गरेका थिए । संचालनको क्रम अर्जुन रावलले भाबुक हुदै शिक्षा क्षेत्रमा तपेन्द्र रावलले उत्कृष्टकाम गरेको र कुनै पनि समस्या नरहेको पनि बताए । उपस्थित सबैलाई मन्तव्य द्वारा नगर उपाध्यक्ष रविन्द्र कठायतले स्वागत गरेका थिए ।

बिज्ञापन

त्यसैगरी संगठनका सल्लाह समिति संयोजक टीकाराम जैसीले नेपाल राष्ट्रिय शिक्षक संगठनका विभिन्न कामले गर्दा सबैमा बिस्वस्नियता बढेको बताए ।
केन्द्र प्रतिनिधि तारा साउद , केन्द्रिय प्रतिनिधि चक्र तिमिल्सिना लगायतले आ आफ्नो धारणा राखेका थिए भने कार्यक्रममा चक्र राज तिमिल्सिना ,तारा साउद ,बद्री भट्टराई, ललिता साउद लगायतलाई खादा तथा अबिरले सम्मान गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।