कपिलवस्तुमा मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद
लोक कल्याणकारी विज्ञापन

कपिलवस्तु । कपिलवस्तुमा मतदातालाई रक्सी बाँड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । बुधबार कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट मतदातालाई बाँड्दै गरेको अवस्थामा प्रहरीले रक्सीसहित नियन्त्रणमा लिएको हो ।
लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
बिज्ञापन

खबर पाएलगत्तै तुरुन्त प्रहरी पुगेर रक्सी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहका अनुसार १२ कार्टुन रक्सीसहित एक जनालाई पक्राउ गरिएको हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
