घटना

नौजना उम्मेदवारको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो ।

बिज्ञापन

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए ।

‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ,’ उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान गरेर वैशाख ३० गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेदवारको मृत्यु भएको हुँदा ती ठाँउमा वैकल्पिक उम्मेदवार खडा गरेर प्रचारप्रसारलगायतका लागि समय दिएर जेठ ३ गते निर्वाचन गर्नसक्ने व्यवस्था आयोगले मिलाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।