घटना समाचार

कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० जना घाइते

बिज्ञापन

अत्तरिया । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान डोटीमा दुर्घटना भएको छ ।

बिज्ञापन

पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा भएको बस दुर्घटनामा ३० जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बिज्ञापन