बेलौरी नगरपालिका ८ मा माओवादीका राना प्यानल सहित निर्वाचित

महेन्द्रनगर । बेलौरी नगरपालिका ८ मा फेरी माओवादी केन्द्रले जित हासिल गरेको छ । बेलौरी ८ मा माओवादी केन्द्रले फराकिलो मतले जितेको छ । उक्त वडामा रानाको प्यानलै निर्वाचित भएको छ ।
माओवादीका बिश्राम रानाले एमालेका गजेन्द्र चन्दलाई ५३८ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । रानाले १ हजार ३४० र चन्दले ८०२ मत ल्याएका छन् । काँग्रेसका मदन सिह ऐरीले ३११ मत ल्याएका छन् ।

यो वडासंगै माओवादीले बेलौरीमा १, ८, १० गरी ३ वडा जितेको छ । एमालेले २, ३ गरी २ र काँग्रेसले ९ गरी १ वडा जितेको छ । अहिले ४ नम्बर वडाको मत गणना भईरहेको छ ।
बाँकी ५, ६ र ७ वडा छन । मेयरमा माओवादी पोतिलाल चौधरीले ५ हजार ५८२, एमालेका कमला बोहराले ४ हजार ३३७ र काँग्रेसका हरेन्द्र विष्टले ३ हजार १ सय ३१ मत ल्याएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
